कोरोना संक्रमणबाट सुनसरीमा आमा-छोराको मृत्यु
फरकधार / १८ बैशाख, २०७८

कोरोना संक्रमणबाट सुनसरी इनरुवाका आमा–छोरोका तीन दिनको अन्तरालमा मृत्यु भएको छ।  

८४ वर्षीया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षीय छोराको भने उपचारको क्रममा शनिवार कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो। 
सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

तीन दिनको अवधिमा आमा–छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको प्रशासनले जनाएको छ।

मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो। संक्रमित भनिएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन्। उनीहरूमध्ये केहीको अवस्था अझै जटिल रहेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार १६:१:१,   अन्तिम अपडेट : बैशाख १८, २०७८ शनिबार १६:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया