नेपाल सुपर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेल २-२ को बराबरीमा सकिएको हो ।
खेलको छैटौं मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए ।
४२ औँ मिनेटमा पेड्रो मान्जी क्रुजले विराटनगरलाई बराबरीमा ल्याए । ६८ औँ मिनेटमा लक्ष्मण रुचालले गोल गरेपछि बुटबलले अग्रता लियो ।
थप गरिएको समयमा सन्तोष तामाङले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै विराटनगरलाई बराबरीमा ल्याए ।
यो नतिजासँगै समान ३ खेलबाट बुटवलले ५ र विराटनगरले ४ अंक जोडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।