दाङमा भारतीय नम्बरको कारभित्र तीन बालकको शव भेटियो

दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित स्याउली बजारमा पार्किङ गरेको भारतीय नम्बरको गाडीभित्र तीनजना बालकको शव भेटिएको छ। पार्किङ गरिराखेको आरजे ०१ ०१६६०८८५ नम्बरको कारभित्र तीनजना बालकहरूको शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार करिब तीन महिनादेखि पार्किङमा रहेको उक्त कारभित्र शव भेटिएका हुन्। 

सिंहका अनुसार गत माघदेखि पार्किङ गरेको कारभित्र भेटिएको शवबारे अनुसन्धान थालिएको छ। उनले यो घटनालाई गम्भीर भन्दै प्रहरीले त्यही अनुसार अनुसन्धान बढाएको जानकारी दिएका छन्। 

मृतकबारे केही खुलिनसकेको उनले बताएका छन्। कारभित्रका शव निकालेर परीक्षणसहितका कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको सिंहले बताएका छन्। नेपालमा अलपत्र अवस्थामा रहेको उक्त कार कसको हो भन्‍ने पनि नखुलेको उनले बताए। प्रहरीले त्यो गाडी पहिलो लकडाउनका बेला पनि नेपाल आएको खुलेको जनाएको छ।

उक्त कारभित्र शव भएको कुरा स्थानीय यातायात व्यवसायीले प्रहरीलाई बताएका थिए। एउटा यात्रुवाहक बस पार्किङका लागि जाने क्रममा कारको इन्डिकेटर बलेपछि चिहाएर हेर्दा शव भेटिएका हुन्। 

तर ती शव सडिसकेको अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार यसअघि तुलसीपुर उपमहानगरपालिका-६ बरूवागाउँका तीन बालक वैशाख १६ गते साँझ हराएका छन्। ती बालकहरू हराएको निवेदन अभिभावकहरूले प्रहरीलाई दिएका थिए। अझै पनि उनीहरु फेला परेका छैनन्। 





  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार २१:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया