भारतमा कोरोना खोप बनाइरहेको कम्पनीका सिइओ परिवारसहित लण्डन भागे
शक्तिशाली व्यक्तिले धम्की दिएको दावी

भारतमा कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका सिइओ अदार पुनावाला परिवारसहित बेलायत भागेका छन् । 

भारतका शक्तिशाली व्यक्तिहरुको धम्कीका कारण आफू भारत छाडेर बेलायत पुगेको उनले बताएका छन् । 

लण्डन पुगेका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको अभिव्यक्ति दिएका छन् । 

उनले लण्डनको अखबारलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखे अनुसार कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरुले उनलाई फोनमार्फत उग्रभाषामा धम्क्याएका थिए । 

सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ। 

 पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो । तर पनि उनी आफू असुरक्षित भएको भन्दै उनी पत्नी र छोरासहित लण्डन पुगेका हुन्। 



‘म लण्डनमा अहिले तय भएको भन्दा बढी समय रहन्छु’, उनले त्यहाँको अखबारलाई भनेका छन्, ‘यो स्थितिमा म फर्कन सक्दिनँ । सबै मेरो काँधमा आइपर्यो तर म एक्लै त्यो गर्न सक्ने अवस्थामा छैन।' 

भ्याक्सिनका लागि भारतीय शक्तिशाली व्यक्तिदेखि नागरिकसम्म उग्र रुपमा प्रस्तुत भएको बताउँदै उनले त्यसको दबाब झेल्नसक्ने बताएका छन्। 



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ७:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया