एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ सार्वजनिक

गायिका एलिना चौहानको नयाँ गीत बजारमा आएको छ । उनको ‘हावामा फैलियो मधुरो...’  बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीत प्रगति देवकोटाले लेखेका हुन् । गीतमा संजीव सिंहको संगीत सुन्न सकिन्छ ।

मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरको कथा बोकेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । कवि सुवेदी र पूजन सापकोटाले संयुक्त रूपमा म्युजिक भिडियो निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा गीतकार देवकोटाकै परिकल्पना प्रस्तुत गरिएको छ । उनलाई म्युजिक भिडियोको अभिनयमा समेत देख्न सकिन्छ । गीतकार देवकोटाले गीत सार्वजनिक गर्ने सही समय यही भएको बताएकी छन् । उनले भनेकी छन्, ‘एक वर्षभन्दा लामो समयदेखि महामारी र लकडाउन भोगिरहेका बेला यो गीत सार्वजनिक गर्न सान्दर्भिक लागेर म्युजिक भिडियो बनाइएको हो ।’

 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १२:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया