उत्तर कोरियाले अमेरिकालाई दियो चेतावनी

उत्तर कोरियाले अमेरिकालाई फेरि एकपटक चेतावनी दिएको छ । अमेरिकामा गत वर्ष जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि उत्तर कोरियाले चेतावनी दिएको यो दोस्रो पटक हो ।

उत्तर कोरियाले राष्ट्रपति बाइडेनले ठूलो गल्ती गरेको भन्दै यसका कारण गम्भीर असर पर्न सक्ने जनाएको हो ।

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरिया र उसको परमाणु कार्यक्रमसम्बन्धी नयाँ नीति घोषणा गर्ने समयको छेक पारेर यस्तो प्रतिक्रिया दिएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयबाट जारी गरिएको एक विज्ञप्तिमा बाइडेनको कारणले विश्वमा नै एउटा गम्भीर खतरा पैदा गर्ने जनाइएको छ ।

आइतबार उत्तर कोरियाको सरकारी मिडियामा विदेश मन्त्रालयको यो विज्ञप्ति प्रकाशन गरिएको छ । त्यसमा यसलाई असहनीय तथा ठूलो गल्ती भनिएको छ ।

अमेरिकी बयानमा उत्तर कोरियाली शीर्ष नेता किम जङ उनको बेइज्जती गर्न खोजिएको पनि उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १२:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया