बुटवल हिँडेकी सांसद बाटैमा हराइन्, 'रुममेट' भन्छिन् : फोन पनि अफ छ, खै कता गइन्?
एमालेमा खैलाबैला, माओवादीमा खुसियाली

लुम्बिनी प्रदेशमा सत्ताका लागि राजनीतिक खेल चर्किरहेका बेला दाङ प्रदेशसभा ३ (ख) बाट निर्वाचित विमला वली माओवादीमा प्रवेश गरेपछि त्यहाँको राजनीति तरंगित भएको छ। फागुन २३ मा खारेजीमा परेको नेकपाबाट उपनिर्वाचन जितेकी वलीले माओवादी रोजेपछि आजै राजीनामा दिएका मुख्यमन्त्री पोखरेल फेरि निर्वाचित हुने सम्भावना करिब सकिएको छ।

एमालेबाट निर्वाचित प्रदेश सांसद उत्तर कुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमा उठाएको थियो। उपनिर्वाचनमा उनले कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १ सय ४ मतले पराजित भएकी थिइन्। उत्तरकुमार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट थिए ।

फागुन २३ मा नेकपा खारेज भएपछि उनी एमालेमा लाग्ने वा माओवादीमा जानेमा अनिर्णित थिइन्। तर आज मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर नयाँ सरकार चयन अघि बढिसकेको अवस्थामा उनले माओवादीलाई रोजेपछि राजनीतिक तरंग भएको हो।

दाङबाट हिँडेकी हराइन्

अस्थायी राजधानी बुटवलमा हलचल भइरहँदा उनी आजै बिहान दाङबाट त्यसतर्फ हिँडेकी थिइन्। एमालेका प्रदेशसभा सदस्य रेवतीरमण शर्माका अनुसार विमला बिहानै बुटवलका लागि निस्केकी थिइन्। 

'विमला वली सम्पर्कविहीन भएको खबर आएको छ। माओवादीमा प्रवेश गरेको हल्ला सुनेका छौँ, हामीले सम्पर्क गर्दा फोन पनि अफ छ', प्रदेशसभा सदस्य शर्माले फरकधारसँग भने, 'उनी बुटवलका लागि दाङबाट हिँडेकी हुन्। तर तर पार्टीको सम्पर्कमा आएकी छैनन्।'



उनले विमला कहाँ गएकोबारे बुझिरहेको बताए। 'हामी हामी बुझ्दैछौँ, दाङबाट बिहान  हिँडेको हो', उनले भने, 'हामीले अनलाइनमा समाचार देख्यौँ, के रहेछ बुझ्दैछौँ।'

विमलासँग एउटै डेरामा बस्दै आएकी एमाले सांसद सरस्वती गौतमले पनि बिहान सम्पर्क भएको बताइन्। 'विमलाले दाङबाट बुटवल आउँदै गरेको बताएकी थिइन्', उनले भनिन्, 'अहिले यस्तो हल्ला आएको छ, हामी बुझ्दै छौँ।'



यसैबीच माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले विमला माओवादीमा प्रवेश गरेको पत्र सार्वजनिक गरेका छन्। वलीले आफू तत्कालीन नेकपाबाट विजयी भएको भन्दै अहिले माओवादी सांसदका रुपमा सक्रिय हुन चाहेको व्यहोरासहित केसीलाई निवेदन दिएकी छन्।

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १३:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया