आयल निगमको दाबी : पाक्षिक रुपमा १०० करोड घाटा, तर मूल्य बढाएनौँ

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट शनिबार (१ मे २०२१) गरेको खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले आइतबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८.७६, डिजलमा प्रतिलिटर ३.४२ र एलपी ग्यासमा प्रतिसिलिण्डर ३७५.१३ रुपैयाँ घाटा रहेको दाबी गरेको छ । 

निगमको दाबीअनुसार जसले गर्दा निगमलाई पाक्षिक रुपमा १०० करोड (मासिक करिब २०० करोड) नोक्सानी हुन जाने देखिन्छ । 

निगमले भनेको छ– उपरोक्त अवस्थामा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्नुपर्ने भएता पनि हाल कोभिड १९ को दोस्रो लहरले देशको समग्र आर्थिक स्थितिलाई विषम परिस्थितिमा पुर्याउन सक्ने अवस्था रहेको हुँदा निगमले यो स्थितिलाई गम्भीरतापूर्वक मनन गरी आफ्नो तर्फबाट केही हदसम्म अर्थतन्त्रमा सहयोग पुगोस् भन्ने उदेश्य लिई हाललाई पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैमा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।

 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार २०:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया