\
कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आवश्यक कार्यविधि, मापदण्डलाई आधार बनाएर राहत वितरण गरिने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।