आगलागीमा परेर श्रीमान-श्रीमतीको मृत्यु
फरकधार / २० बैशाख, २०७८

रामेछापमा आगलागीमा परेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका-२ बाम्ती लहरेटोल निवासी ७८ वर्षीय धनबहादुर कार्की र ६८ वर्षीया  सीता कार्कीको जलेर मृत्यु भएको हो । 

प्रहरीले धनबहादुरका छोरा मनोहर कार्की, बुहारी कल्पना कार्की र नातिनी स्मारिका कार्कीलाई सकुशल उद्धार गर्न सफल भएको छ । आगलागीमा घर पूरै जलेर नष्ट भएको छ । 

प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । प्रहरीले आगलागीको बारेमा अनुसन्धान गरिरहेको छ । 

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १३:६:४५,   अन्तिम अपडेट : बैशाख २०, २०७८ साेमबार १३:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया