२०७८ मा कर्णालीमा थप ७ दिन बिदा स्वीकृत
फरकधार / २० बैशाख, २०७८

कर्णाली प्रदेशमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा स्वीकृत भएको छ । प्रदेश सरकारको वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर तथा जिल्लामा लागू हुने सात दिनलाई छनोट गरी बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।

जसमा धान दिवस असार १५ गते जुम्लाबाहेक अन्य ९ जिल्ला बिदा हुनेछ । चैत्र १२ गते र चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका दिन जुम्ला जिल्लामा बिदा हुनेछ ।

यसै गरी प्रदेशभर साउने संक्रान्ति तथा देउडा पर्वमा, प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ मा, श्रीकृष्ण जन्माष्टमी भाद्र १४ गते र असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा हुनेछ । उल्लिखित बिदा स्वीकृत भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १३:२:४४,   अन्तिम अपडेट : बैशाख २०, २०७८ साेमबार १३:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया