अस्पतालले बेड लुकाएको भेटिए कारबाही गर्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना महामारीको समयमा गैरजिम्मेवार बनेर बेड लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्। देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानुनअनुसार कारबाही गर्ने बताएका हुन्। 

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको पनि जानकारी दिएका छन्। 

प्रधानमन्त्रीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन्। ओलीले जनस्वास्थ्य मापदण्डलाई कडाइ साथ पालना गरिदिन पनि अपिल गरेका छन्। 

ओलीले कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका छन्। नागरिक तहबाट सहयोग मिले पहिलो लहरमा जस्तै कोरोना नियन्त्रणमा सरकार सफल हुने बताए। 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १६:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया