प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको दोस्रो लहरको महामारीसँग जुध्न जारी गरिएको निषेधाज्ञा अझै कडा बनाइने बताएका छन् ।
देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवन सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै निषेधाज्ञालाई थप कडा पार्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, 'नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हो। महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालित रहेका छन्। सरकारले हरसम्भव प्रयास गर्नेछ र गर्छ।'
ओलीले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको बताए। उनले अहिलेसम्म २१ लाख नागरिकले खोपको पहिलो डोज हानिसकेको बताए। त्यस्तै ३ लाख ७१ हजारले दोस्रो डोज हानिसकेको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण अभियान प्रभावकारी बनाउन सातै प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले 'फोकल व्यक्ति'तोकिएको पनि बताएका छन्। ओलीले आज २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको जानकारी दिएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।