भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख ७० हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा त्यहाँ ३ हजार ४२२ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । संक्रमितमध्ये १ करोड ५२ लाखभन्दा बढी निको भइसकेका छन् । हाल ३४ लाख सक्रिय संक्रमित रहेका छन् ।

अमेरिकामा ३ करोड ३१ लाख ७९ हजार २८५ संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा करिब ३० हजार संक्रमित थपिएका छन् भने ३०६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १ करोड ४७ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित थपिँदा १२ सयभन्दा बढीको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १६:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया