सरकारले आउँदो बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।
वैशाख २३ गते बिहीबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
तर, भारतसँग भने हप्तामा दुईवटा उडान गर्ने निर्णय सरकारले गरेको छ । आन्तरिक उडान भने आजै रातिदेखि बन्द हुँदै छन् ।
प्रधानमन्त्री ओलीले स्थल मार्गबाट विदेशीको आवागमन बन्द गरिएको पनि जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।