राष्ट्रिय जनगणनाका सबै कार्यक्रम स्थगित

सरकारले राष्ट्रिय जनगणनाको सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना ०७८ का कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तय भएको राष्ट्रिय जनगणनाका लागि अन्तिम तयारी पूरा हुनै लाग्दा सरकारले केही समयका लागि यसका सबै कार्यक्रम स्थगित गरेको हो । 
 
कोरोना भाइरस तीव्र गतिले बढेको र घरघरमा पुगेर जनगणना गर्न अवस्था प्रतिकूल भएको देखाउँदै सरकारले जनगणना राष्ट्रिय अभियानका निर्धारित कार्यक्रम तत्कालका लागि रोक्न केन्द्रीय तथ्याङ्क विभागलाई निर्देशन दिएको हो । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १७:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया