एमाले छाडेका प्रदेश सांसद पाण्डे कांग्रेसतिर, राष्ट्रियसभामा उठ्ने

मुख्यमन्त्री शंकर पोखरेलसँग असन्तुष्टि जनाउँदै नेकपा एमाले र लुम्बिनी प्रदेशको सांसद पदबाट राजीनामा दिएका दुगनारायण पाण्डे विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा उठ्ने भएका छन्। 

पाण्डेलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेका छन्। कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले जेठ ६ गते हुने राष्ट्रियसभाको चुनावमा उनलाई उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए। 

आइतबार मात्रै प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे ​ सोमबार कांग्रेसमा प्रवेश गरेको कनौडियाले बताए। माओवादीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्का पदमुक्त भएको ठाउँमा पाण्डेलाई विपक्षी गठबन्धनले जिताउने भएको छ।

कांग्रेसमा गएको होइन : पाण्डे

तर हिजो मात्रै सांसद पद त्यागेका पाण्डेले आफू कांग्रेसमा प्रवेश नगरेको बताएका छन्। उनले कांग्रेसमा प्रवेश गरेको समाचारको खण्डन गर्दै विपक्षी दलीय गठबन्धनको उम्मेदवार मात्रै भएको बताए। 

'होइन म कांग्रेसमा प्रवेश गरिसकेको छैन। उहाँहरुले विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा उठाउने भनेकाले स्वीकार गरेको हुँ', उनले फरकधारसँग भने, 'पार्टी फेरेको छैन। एमालेबाट निर्वाचित सांसद पद त्यागेको हुँ। तर कांग्रेसका लाग्यो भन्‍ने कुरा होइन। विपक्षी गठबन्धनबाट राष्ट्रियसभामा चाहिँ लड्छु।'





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १८:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया