कर्णालीमा थप ५२७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर विधिबाट ३४७ र र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८० जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै आरटी पिसिआर विधिबाट कुल संक्रमितको संख्या ९ हजार १२८ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कुल १ हजार १५९ जनामा संक्रमण देखिएको छ ।

नयाँ संक्रमितहरू सुर्खेतका २६२, दैलेखका ४१, कालिकोटका ३७, सल्यानका ८९, रुकुम पश्चिमका ५०, जुम्लाका १३, डोल्पाका ८, मुगुका १, जाजरकोटका ७ जना; हुम्लाका २ र अन्य प्रदेशका १७ जना रहेका छन् । यस्तै थप २० जना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन् ।

योसँगै कुल संक्रमितमध्ये ७ हजार ६२२ जना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै हालसम्म कुल संक्रमित मध्ये ५९ जनाको मृत्यु भएको छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा २ हजार १९४ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १८:१७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया