फाइजरको कोरोना खोप बालबालिकालाई पनि उत्तिकै प्रभावकारी !
फरकधार / २१ बैशाख, २०७८

अमेरिकामा कोरोना खोप उत्पादन गरिरहेको फाइजर कम्पनीले आफ्नो खोप बालबालिकाका लागि पनि उत्तिकै प्रभावकारी रहेको दावी गरेको छ ।

अहिले संसारभर १८ वर्षमाथिका लाई मात्रै कोरोना खोप लगाइँदै छ। फाइजरले अमेरिकामा १२ वर्षमाथिका लाई खोप लगाउने तयारी गरिरहेको छ । 

१२ देखि १५ वर्षका बालबालिकामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको दावी कम्पनीको छ । 

यस कम्पनीले अमेरिकाका १२–१५ उमेरका २२६० बालबालिकामा फाइजर खोपको प्रयोग गरेको जानकारी दिएको छ । यी बालबालिकालाई खोप लगाउँदा युवा उमेरका व्यक्तिमा जस्तै एन्टिबडी बनेको दावी कम्पनीको छ । फाइजर कम्पनीका अनुसार  खोप परीक्षणका क्रममा बालबालिकामा कुनै साइड इफेक्ट देखिएन ।

वयस्कहरुमा जस्तै केहीमा सामान्य दुखाइ र हल्का ज्वरो देखिएको थियो । परीक्षणपछि बालबालिकाका लागि पनि खोप वयस्कलाई जत्तिकै प्रभावकारी देखिएका दावी गरिएको छ । अमेरिकाका १२ वर्ष उमेरसम्मका बालबालिकालाई खोप दिने तयारी गरिएको छ । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार ९:५:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया