चितवनमा दुई संक्रमितको मृत्यु
फरकधार / २१ बैशाख, २०७८
फाइल फोटो

चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका अनुसार चितवनको माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या भएपनि अस्पताल भर्ना भएका उनमा बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । 

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमै मृत्यु भएको छ । छातीमा समस्या भई बैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार ९:३८:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया