बिहेको भोलिपल्टै युवतीलाई कोरोना देखियो, एकसातापछि मृत्यु
फरकधार / २१ बैशाख, २०७८
मृतक युवतीले सामाजिक सञ्जालमा पोस्ट गरेको बिहेको तस्बिर ।

कोरोनाको दोस्रो लहरले नेपाल अहिले आक्रान्त बनिरहेको छ । संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले अहिले संक्रमण उच्च भएका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। 

निषेधाज्ञाका बाबजुद पनि अहिले विभिन्न ठाउँमा विवाह समारोह भइरहेको देखिन्छ । प्रशासनले पनि सीमित व्यक्तिलाई लिएर विवाहका गाडी हिड्न छुट दिइरहेको छ। 

यसैबीच काठमाडौंमा विवाह गरेको एकसातामै कोरोना संक्रमणबाट युवतीको मृत्यु भएको छ। 

कपन पैयाँटारकी एक २२ वर्षीया युवतीको एकसता अगाडि भक्तपुरका केटासँग विवाह भएको थियो । विवाहको भोलिपल्ट उनी दुलान फर्काउनका लागि माइती आएकी थिइन् । त्यसबेला उनलाई निकै गाह्रो भएपछि अस्पताल लगियो । परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि भक्तपुर अस्पतालमा युवतीको उपचार भइरहेको थियो । प्लाज्मा थेरापीसहित उनलाई उपचार गरियो तर त्यसले काम गरेन ।  

सोमबार राति उनको मृत्यु भएको मृतक युवतीको परिवारसँग निकट रहेका व्यक्तिले जानकारी दिएका छन् । 

ती व्यक्तिका अनुसार आफन्त र केही नजिकका व्यक्तिहरुको उपस्थितिमा बिहे गरिएको थियो । युवतीमा कोरोना देखिएपछि परीक्षण गराउँदा परिवारका अधिकांशलाई संक्रमण देखियो । 

यसैसाता विहे गरेकी कपन पैँयाटारकै एक अर्की युवती पनि कोरोना संक्रमण देखिएर आइसियूमा उपचारत रहेकी छिन् । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार ११:१६:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया