आफ्नो करिअरकाे अनुभव सुनाउँदै अनुराग कश्यप
फरकधार / २१ बैशाख, २०७८

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा आफ्ना अनुभव साट्न बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यप उपस्थित हुने भएका छन् । आगामी २३ गतेबाट सुरु हुने फेस्टिभलको पहिलो दिन नै कश्यपले आफ्नो अनुभव साट्न लागेको निफका अध्यक्ष केपी पाठकले बताएका छन् ।

लेखकको रूपमा बलिउडमा प्रवेश गरेका अनुरागले ‘सत्या’, ‘युवा’ जस्ता चलचित्रको पटकथा तथा संवाद लेखेका हुन् । ‘पाँच’ नामक चलचित्र मार्फत् निर्देशनमा देखिएका उनले थुप्रै सफल चलचित्र निर्देशन गरेका छन् । अनुरागले फेस्टिभलमा आफ्नो करिअरका अनुभव सुनाउने छन् ।

अध्यक्ष पाठकका अनुसार फिल्म प्रदर्शन तथा अन्तरक्रिया नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुने छ । २७ गतेसम्म चल्ने फेस्टिभलमा उत्कृष्ट चलचित्र तथा डकुमेन्ट्रीका साथै विभिन्न विधामा अवार्डसमेत प्रदान गरिने छ । 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार ११:२१:५०,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १२:३१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया