निःशुल्क अक्सिजन बाँड्ने अभियानमा पल शाह
फरकधार / २१ बैशाख, २०७८

अभिनेता पल शाह अक्सिजन बाँड्ने अभियानमा सामेल भएका छन् । 

कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको संख्या बढिरहेको छ । अस्पतालमा अक्सिजनको कमी भएको समाचार आइरहेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै शाहले सेवामा हात अगाडि सारेका हुन् ।

शाहले ‘हाम्रो नेपाल टिम’ सँग मिलेर निःशुल्क अक्सिजन सेवा दिने तयारी थालेका छन् । विषम परिस्थितिमा कमजोर आर्थिक अवस्था भएका व्यक्तिले औषधि र अक्सिजन नपाएर बेवारिसे भई मर्नु नपरोस् भनेर आफूले हाम्रो नेपालसँग सहकार्य गरेको बताएका छन् । 
 

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १२:४६:४७,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १२:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया