म्यानचेस्टर सिटीलाई हराउन जे गर्न पनि तयार छु : नेइमार
फरकधार / २१ बैशाख, २०७८

च्याम्यिन्स लिग सेमिफाइनलको दोस्रो लेगमा मंगलबार इङ्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) प्रतिस्पर्धा गर्दै छन् ।

खेल नेपाली समयअनुसार राति पौने १ बजेबाट सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा हुनेछ । 

खेलअघि पिएसजीका ब्राजिलियन फरवार्ड नेइमारले सिटीविरुद्ध जित निकाल्न आफू जे गर्न पनि तयार रहेको बताएका छन् । 

‘हामी धेरै अप्ठेरो खेलमा सिटीको सामना गर्दै छौँ तर हामीलाई विश्वास छ’, नेइमारले भने, ‘तथ्याङ्कले के भन्छ त्यसको बारेमा नसोची केबल हाम्रो जितका लागि खेल्ने छौँ ।’

‘सबै समर्थकलाई विश्वास छ, सबैभन्दा पहिला मलाई, म अग्रपंक्तिमा छु र यो युद्धको पहिलो योद्धा हुँ ’ नेइमारले भने ।

‘म आफ्नो शतप्रतिशत दिने प्रयास गर्नेछु र फाइनल पुग्न मैदानमा सम्भव हुने सबै कुरा गर्न तयार छु’, उनले थपे, ‘मर्नै पर्ने स्थिति आए पनि ।’

सिटी विरुद्धको खेलमा युवा स्टार केलियन एमबाप्पे खेल्ने वा नखेल्ने निश्चित भएको छैन ।

यदि एम्बाप्पे यो खेलमा अनुपस्थित भए पिएसजीको आक्रमणको जिम्मा नेइमार एक्लैको हुनेछ ।  

पहिलो लेगमा घरेलु मैदानमै २-१ ले पराजित भएको पिएसजीले फाइनल पुग्न सिटीविरुद्ध कम्तीमा पनि २-० को जित निकाल्नु पर्ने हुन्छ ।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १३:४६:१,   अन्तिम अपडेट : बैशाख २१, २०७८ मंगलबार १७:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया