पेरिस डाँडामा सुरु भयो माओवादीको स्थायी समिति बैठक
फरकधार / २१ बैशाख, २०७८

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको छ। मंगलबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु भएको हो। 

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि माओवादी केन्द्र छलफलमा जुटेको हो।

माओवादीले अझैसम्म ओली सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर ओलीलाई सरकारबाट हटाउनेबारे कुरा गरेका थिए।

  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १५:५८:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया