बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते

बैतडीको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका- ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका-६ का जितसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  जिप सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ ।
 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १६:२२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया