प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने भएपछि कोरोना संकटबीच राजनीति तातेको छ। आज मंगलबार माओवादी, कांग्रेसदेखि जनता समाजवादी पार्टी पनि आन्तरिक रणनीतिमा जुटेका छन्।
जसपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने तयारीमा रहेको अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक अहिले बबरमहलमा बसिरहेको छ। उक्त बैठकमा ठाकुर पक्षीय नेताहरु सहभागी भएका छन्
बैठकमा अध्यक्ष ठाकुर राजेन्द्र महतो अनिलकुमार यादव, अनिलकुमार झा , चन्दा चौधरी र राजकिशोर यादवसहितका नेताहरु सहभागी भएका छन्। अध्यक्ष ठाकुरले ओलीलाई सघाउने गरी पार्टीमा हस्ताक्षर अभियान चलाएका छन्।
ठाकुरले करिब १८ सांसदको हस्ताक्षर जुटाइसकेको बताइएको छ। उनले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका चार सांसदलाई पनि ओलीलाई विश्वासको मत दिने पक्षमा मनाउन खोजिरहेको बताइएको छ। उनले कार्यकारिणी समितिका २३ जनाको हस्ताक्षर गराइसकेको बताइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।