राष्ट्रपतिले जारी गरिन् सातवटा अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छन्। हालै बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपतिले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी-कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

पुन:स्थापित प्रतिनिधिसभाको बैठकले पारित गर्न नसकेका विधेयक सरकारले अध्यादेशमार्फत जारी गरेको हो। सभामुख अग्नि प्रसाद सापकोटाले सरकारले सदनमा ल्याएका विधेयकअघि बढाउन नसकेको आरोप लागेको थियो। सभामुखले अघि बढाउन चासो नदिएपछि सरकारले अध्यादेशमार्फत विधेयक जारी गरेको हो।





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १६:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया