कर्णालीमा थप २७० जनामा कोरोना, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कर्णालीमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १८६ जना र र्‍यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४ जनामा संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमितहरु सुर्खेतका १५६ जना, दैलेखका ५८, जुम्लामा १०, सल्यानमा ७, रुकुम पश्चिममा १३ र कालिकोटमा २६ जना रहेका छन् । हालसम्म आरटी पिसिआर र एन्टिजेन विधिबाट कुल संक्रमितको संख्या १० हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६८ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये ७ हजार ६९० जना उपचारपछि निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल संक्रमित मध्ये मृतकको संख्या ६३ पुगेको छ । हाल २ हजार ४०५ जना सक्रिय संक्रमित प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बताएको छ । 
 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १८:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया