आन्तरिक मामिला मन्त्रीसहित सुरक्षा निकायका प्रमुखबाट सीमानाका अनुगमन

भारतसँग सिमाना जोडिएका झापा र इलामका मुख्य नाकाहरुमा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुले अनुगमन सुरु गरेका छन् । 

सीमानाका व्यवस्थापनमा समस्या भएको, होल्डिङ एरिया नबन्दा भारतबाट नेपाल आउनेहरूले दु:ख पाएको गुनासो आएपछि सीमा नाकाको अवस्था बुझ्न र सीमा व्यवस्थापन गर्न अनुगमन गरिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल प्रदेश कार्यालयका प्रमुख वंशीराज दाहाल, नेपाली सेना पूर्वी पृतना इटहरीका पृतनापति अनन्त कार्की, राष्ट्रिय अनुसन्धानसहितको टोलीले इलामस्थित पशुपतिनगर नाका र झापास्थित काँकड्भिट्टा नाकाको अनुगमन गरेको छ । अन्य नाकाको पनि अनुगमन गर्ने सशस्त्र प्रहरी बल प्रदेश कार्यालयका प्रमुख वंशीराज दाहालले बताए । 

टोलीले झापाको गौरिगञ्ज, मोरङको रानी र सुनसरीको भाण्टाबारी नाका अनुगमनका क्रममा मंगलबार सीमानाका भएको स्थानका स्थानीय तहका प्रतिनिधि र जिल्लास्थित डिसिसिएसीसँग अन्तरक्रिया गरेको छ । 

टोलीले प्रदेश सरकारले बनाउँदै गरेको होल्डिङ एरियाको समेत अनुगमन गरेको छ ।

सीमामा भारतबाट आएका नेपालीहरुले दु:ख नपाउन् र उनीहरुको व्यवस्थापन गर्न सहज होस् भनेर सरकारले होल्डिङ एरिया निर्माण गरिरहेको छ ।  



स्थानीय स्रोत साधान प्रयोग गरेर दुवै स्थानमा होल्डिङ एरिया बनिरहेको र सर्वसाधारणलाई राख्न थालिएको छ ।



  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १८:४७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया