कुन अस्पतालमा कति छन् एचडियु शय्या ?

कोरोना भाइरस संक्रमणको उपचारका लागि सरकारले मुलुकका दुई दर्जनभन्दा बढी अस्पतालमा हाइ डिपेन्डेन्सी युनिट (एचडियु) बनाउन निर्देशन दिए पनि हालसम्म तयार हुन सकेका छैनन् । 

गत कात्तिक ३ गते बसेको मन्त्रिपरिषदको बैठकले १५ दिनभित्रै एचडियु तयार गर्न निर्देशन दिएको थियो । त्यसका लागि सरकारले बजेट समेत निकासा गरिसकेको छ । सरकारको निर्देशन अनुसार कात्तिक महिनामै एचडियु बनिसक्नुपर्ने भए तापनि वैशाखको अन्तिमसम्म आइपुग्दासमेत तयार हुन सकेका छैनन् । त्यस्तै केही अस्पतालले एचडियु तयार गरे पनि आवश्यक जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन सकेका छैनन् । 

कात्तिक ३ गते बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंमा १५ दिनभित्रै २ हजार तथा कोरोना बढी प्रभावित जिल्लामा २ सय वटा हाइ डिपेन्डेन्सी बेड बनाउने निर्णय गरेको थियो । त्यसको केही दिनपछि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालमा बजेट निष्काशन गर्दै छिटोभन्दा छिटो एचडियु बनाउन निर्देशन दिएको थियो । मन्त्रालयले युनिटहरू छिटो सञ्चालनका लागि द्रुत गतिमा काम गर्न सबै अस्पताललाई निर्देशन दिए पनि अस्पतालहरुले अटेर गरेका हुन् ।

निर्धारित समयमा अस्पतालले एचडियु बनाएर सञ्चालनमा ल्याउन नसकेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई विवरण पठाउन केही समयअघि नै चेतावनीसहितको पत्र पठाएको थियो । मन्त्रालयको पत्रपछि २३ वटा अस्पतालले मात्र एचडियु निर्माण, सञ्चालनको अवस्था र जनशक्तिको विषयमा विवरण तयार पारी मन्त्रालयमा पठाएका छन् ।

मन्त्रालयमा पठाइएको विवरण अनुसार अधिकांश अस्पतालले एचडियु सञ्चालनमा ल्याउन सकेका छैनन् । निजी मेडिकल कलेजहरुले त खरिद समेत गर्न नसकेको विवरण पठाएका छन् । २३ अस्पतालमा मात्र पहिलो र दोस्रो चरणमा गरेर ८५० शय्याका एचडियु बनेर सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, मन्त्रालयको निर्देशनअनुसार अस्पतालले काम नगर्दा धेरै अस्पतालमा एचडियु सञ्चालनमा आउन नसकेका हुन् । 

मन्त्रालयका अनुसार २५ शय्याको एचडियु निर्माणका लागि करिब ३ करोड रुपैयाँ लाग्छ ।



कहाँ कति एचडियु शय्या



  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १९:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया