संसद छलेर अध्यादेशमार्फत शासन चलाउने कार्यशैली आपत्तिजनक : देउवा

सरकारले मंगलबार ७ वटा अध्यादेश जारी गरेपछि नेपाली कांग्रेसले सो कदमको विरोध गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै सो निर्णयको भर्त्सना गरेका हुन् ।

सरकारले संवैधानिक परिषद सम्बन्धीसहितका ७ वटा अध्यादेश जारी गरेको छ । 

सोको विरोधमा सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ ।’


 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १९:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया