बुटवल उपमहानगरपालिकाले दियो नि:शुल्क अक्सिजन सेवा
फाइल तस्बिर

आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि बुटवल उपमहानगरपालिकाले नि:शुल्क अक्सिजन उपलब्ध गराउन थालेको छ ।

उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई लक्षित गरी नि:शुल्क अक्सिजन सेवा सुरु गरिएको बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले जानकारी दिए ।

स्वासप्रश्वासमा समस्या भएकाहरूबीच तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्ने बताइएको छ । अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको सुवेदीले बताए । आइसोलेसनबाट सूचना आउनासाथ जनशक्ति परिचालन हुने गरी व्यवस्था मिलाइएको दाबी गरिएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको छ ।





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार १९:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया