लुम्बिनी क्याबिनेट विस्तार, एमाले दल छाड्ने घुर्कीपछि श्रीवास्तव बने मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। तीनजना प्रदेशसभा सदस्यहरूलाई उनले मन्त्रीको जिम्मेवारी दिएका छन्। 

मुख्यमन्त्री पोखरेलले चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाएका छन्। 

मुख्यमन्त्री पोखरेलले नयाँ कार्यावधि सम्हाल्दै गर्दा एमाले संसदीय दल छाडेर माओवादीलाई सघाउने भन्दै घुर्की लगाएका धर्मलाल श्रीवास्तवलाई पनि मन्त्री बनाएका छन्। 

मन्त्री भएकाहरुमा आचार्य अर्घाखाँचीबाट निर्वाचित हुन्। श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। श्रेष्ठ बुटवलका पूर्व मेयर भइसकेका व्यक्ति हुन्। 

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित श्रीवास्तव ब्रिजेशकुमार गुप्तानिकट हुन्। श्रीवास्तवले मुख्यमन्त्री पोखरेलसँग असन्तुष्टि जनाउँदै आइतबार एमाले दलबाट बाहिरिएको घोषणा गरेका थिए। तर सोमबार विज्ञप्ति निकालेर उनले पोखरेललाई नै समर्थन रहेको बताएका थिए।

यी तीनै मन्त्रीहरुको बुधबार पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन्। 





  • प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार २०:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया