कोरोनाभाइरसको दोस्रो लहरका कारण अहिले भारत आतंकित बनेको छ । यहीबीच भारतबाट अर्को अत्यासलाग्दो समाचार आएको छ ।
भारतीय मिडिया दैनिकभास्करमा छापिएको समाचारअनुसार भारतमा फेरि नयाँ स्ट्रेन भेटिएको छ । यसलाई एपी स्ट्रेन नाम दिइएको छ । यो भारतको आन्ध्र प्रदेशमा भेटिएको नयाँ कोरोनाभाइरस हो । यसलाई त्यहाँको सेन्टर फर सेल्यूलर एन्ड मलिक्युलर बायोलोजीले एन४४०के नाम दिएको छ ।
कोरोनाको यो स्ट्रेन यसअघिको कोरोनाभन्दा १५ गुणा ज्यादा खतरनाक भएको बातइएको छ ।
अहिलेसम्म दक्षिण भारतमा मात्र पाँच विभिन्न प्रकारका कोरोना भेरियन्ट भेटिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।