आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, चट्याङसहित वर्षा
फरकधार / २२ बैशाख, २०७८

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

भोलि वैशाख २३ गते बिहीबार देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख २४ गते शुक्रबार देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आज दिनभर देशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ६:३६:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया