logo-img

रोमाको नयाँ प्रशिक्षक बने मोउरिन्हो

पोर्चुगिज प्रशिक्षक जोजे मोउरिन्हो इटालियन क्लब एएस रोमाको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । प्रिमियर लिग क्लबबाट बर्खास्तीमा परेका मोउरिन्हो सिरी एमा पुगेका हुन् । 

मोउरिन्होलाई केही साताअघि इंग्लिस क्लव टोटनहमले बर्खास्त गरेको थियो । टोटनहमबाट बाहिरिएपछि मोउरिन्हो रोमामार्फत सक्रिय फुटबलमा फर्किएका हुन् । 

गत मार्च २४ तारिखमा टोटनहमको प्रशिक्षकबाट बर्खास्त भएका उनलाई रोमाले नयाँ सिजनबाट प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनलाई रोमाले तीन वर्षका लागि अनुबन्ध गरेको छ ।

एक समय निकै सफल मानिएका मोउरिन्हो पछिल्लो पटक एकपछि अर्को क्लबबाट बर्खास्त भइरहेका छन् । तर, मोउरिन्होलाई प्रशिक्षक पाउँदा रोमाले भने खुसी ब्यक्त गरेको छ ।

रोमाका हालका प्रशिक्षक पाउलो फोन्सेले यो सिजनपछि क्लब छोड्ने बताइसकेको अवस्थामा मोउरिन्होलाई ल्याउन रोमालाई निकै सहज भएको हो ।





  • प्रकाशित मिति : वैशाख २२, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया