कोरोना संक्रमणपछि होम आइसोलेसनमा मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट संक्रमित भएका छन् । गुरुङलाई मंगलबार गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ गरिएको परीक्षणबाट मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएलगत्तै मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा बसेका छन् । 

यसअघि, गण्डकी प्रदेशका ४ जना प्रदेशसभा सदस्यलाई पनि कोरोना संक्रमण भइसकेको छ । सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नेकपा एमालेका सांसदहरुको मागमा सबै सांसदहरुको कोरोना परीक्षण भएको थियो ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ११:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया