आइसिसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा कुशल भुर्तेल

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, आइसिसीले सर्वाजनिक गरेको ‘प्लेयर अफ द मन्थ’ पुरुषतर्फको मनोनयनमा नेपालका युवा क्रिकेटर कुशल भुर्तेल पनि परेका छन् । 

आइसिसीले अप्रिल महिनाका लागि सर्वाजनिक गरेको मनोनयनमा कुशल सहित पाकिस्तानका कप्तान बाबर आजम र फकर जमान मनोनयनमा परेका छन् । अब समर्थकले यी तीनमध्ये १ जनालाई खुल्ला भोट गर्न सक्नेछन् । 

अप्रिल १७ देखि २४ (वैशाख ४ देखि ११) सम्म नेपालमै भएको त्रिकोणात्मक सिरिज मार्फत अन्तर्राष्ट्रिय टि–२० मा डेब्यु गरेका कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित सिरिजका ५ खेलमध्ये ४ खेलमा अर्धशतक प्रहार गरेका कुशल २७८ रन जोड्दै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका थिए । 

महिलातर्फको मनोनयमा अस्ट्रेलियाकी एलेस हेली, मेघन स्कट र न्युजिल्यान्डकी लेघ कास्पेरिक छन् । 

आइसिसीको प्यानल र खुल्ला मतदानलाई आधार मानेर यो अवार्ड प्रदान गरिनेछ । आइसिसी प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टर रहने छन् ।



आइसीसी प्यानलको मत भार ९० र खुल्ला मतदानको मत भार १० प्रतिशत रहने छ । यी दुवैलाई जोड्दा सर्वाधिक मत पाउने खेलाडीले यो अवार्ड जित्ने छ । 



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ११:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया