सकियो लक्ष्मी र कर्माको 'अनन्त'

कोरोनाका कारण छायांकनमा गएका थुप्रै चलचित्रको काम रोकिएको छ । घोषणा भएका दर्जनौँ चलचित्र छायांकनमा जान सकेका छैनन् । 

यहीबीचमा चलचित्र ‘अनन्त’को भने छायांकन कार्य सम्पन्न भएको छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो चलचित्रको २० दिनमा छायांकन सकिएको हो ।

चलचित्रका निर्माता नवविजय श्रेष्ठ हुन् । जेसन लोप्चनले निर्देशन गरेको यो चलचित्र प्रेमकथाको विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको छ । 

चलचित्रमा निर्देशक जेसनकै लेखन तथा पटकथा रहेको छ । रन्जन ढुंगाना र शीतल खड्का सह–निर्माता रहेको यो चलचित्र अवस्था सहज भएको खण्डमा यसै वर्ष प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार ११:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया