माओवादीले संसद सचिवालयमा बुझायो समर्थन फिर्ताको पत्र

नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सत्तारुढ दलबाट प्रतिपक्षको कुर्सीमा पुगेको माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । 

माओवादीका नेता देव गुरुङले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएका हुन् । माओवादीले समर्थन फिर्ता लिनुको कारण सरकार असक्षम भएको र राष्ट्रियताको मुद्दालाई सौदाबाजीकाे विषय बनाएको आरोप लगाएको छ । 

माओवादीको हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाएको हो । 



गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । तर, यसअघि नै प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने घोषणा गरिसकेका छन् । 



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १२:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया