लुम्बिनीमा एमाले प्रदेशसभा सदस्य डाँगीले राजीनामा दिए
मन्त्री नबनाएपछि मुख्यमन्त्रीसँग असन्तुष्ट थिए

लुम्बिनी प्रदेशमा सत्ताको हानथाप अझै जारी छ। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुन: कार्यभार सम्हालेपछि एमालेमा पनि तीव्र असन्तुष्टि देखिएको छ।

यही असन्तुष्टिबीच एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सांसद पदबाट राजीनामा दिएका प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले फरकधारलाई बताए।

​यसअघि मुख्यमन्त्री पोखरेलको पक्षमा देखिएका डाँगी माओवादी प्रवेश गर्न लागेका हुन् । डाँगी मुख्यमन्त्री पोखरेलकै गृहजिल्ला दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सदस्य हुन्।

डाँडीले प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। डाँगीले आफूलाई मुख्यमन्त्रीले मन्त्री बनाउने अपेक्षा गरेका थिए। 

माओवादीमा प्रवेश गर्दा मुख्यमन्त्री पोखरेलले सांसद पदबाट कारबाही गर्ने भएकाले उनले त्यसअघि नै राजीनामा गर्ने भएका हुन् । यसअघि एमालेका  प्रदेशसभा सदस्य दुगनारायण पाण्डेले राजीनामा दिएका थिए। 

राजीनामा दिएसँगै उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए। डाँगीले राजीनामा दिएपछि मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसद मात्रै बाँकी भएका छन्।  





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १५:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया