बादलविरुद्ध माधव-प्रचण्डको उम्मेदवार खिमलाल, देउवाको पनि साथ

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ। 

मंगलबार भएको कांग्रेस र माओवादीको बैठक लगत्तै महाराजगञ्‍जमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच भएको भेटवार्तामा उक्त सहमति जुटेको हो। यही विषयलाई लिएर आज बिहान पनि प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा वार्ता भएको थियो।

उक्त वार्ताबाट बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष भइसकेका देवकोटालाई बादलविरुद्ध उठाउने सहमति भएको हो। ओलीविरुद्ध अविश्वास प्रस्तावमा मोर्चाबन्दी नजिक पुगेका उनीहरुबीच बादलविरुद्ध देवकोटालाई उठाउने सहमति जुटेको माओवादी नेता वर्षमान पुनले बताएका छन्। 

यसअघि पार्टी छाडेर एमालेमा लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट हटाएको थियो। एमालेले त्यही पदमा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। 

उता ​लुम्बिनी प्रदेशमा एमाले प्रदेश सांसदबाट राजीनामा दिएर कांग्रेसमा लागेका दुगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने सहमति विपक्षीले गरेका छन्। बागमतीमा भने नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको हो। 





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १६:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया