राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले सिफारिसमा रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन् । आफैँले संसद्को बजेट अधिवेशन डाकेको पाँच दिनअघि अध्यादेश जारी गरेको भन्दै चर्को आलोतना भएको छ ।
मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी थिइन् । मंगलबार उनले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
त्यस्तै उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।