जानकी मेडिकल कलेजले सञ्चालन गर्‍याे निःशुल्क कोभिड अस्पताल

प्रदेश-२ मा कोरोना संक्रमितले उपचारबाट बञ्चित रहेको अवस्थामा धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजले दुई सय शय्याको निःशुल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । 

प्रदेश र स्थानीय सरकारले न्युनतम सहयोगसमेत उपलब्ध गराउन नसकेपछि जानकी मेडिकल कलेजले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै आफ्नै लगानीमा निःशुल्क कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको कलेजका प्रबन्ध निर्देशक  श्रीप्रष्ट पाण्डेले जानकारी दिए ।
 
पाण्डेले भने,‘हामीसँग दुई सय शय्याको अस्पताल तयारी अवस्थामा छ । बुधबारबाट २० शय्याको अक्सिजन सहितको र ६ शय्याको भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौँ ।’

पाण्डेले तत्काल अक्सिजनकाे अभाव रहेको र आफूहरुसँग आइतबारसम्म अक्सिजन पाइपलाइन लगायतका थप उपकरण आइसकेपछि अझै वृहत रुपमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याउने बताएका छन् ।

 मेडिकल कलेजले हालसम्म प्रदेश र स्थानीय सरकारबाट केही सहयोग पाएकाे छैन ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:३८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया