बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

बझाङमा ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केलालीको चुरे गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय पुरन साउद रहेका छन्। 

से२त २५९६ नम्बरको ट्रयाक्टरले ढुङ्गा लोड गरेर लैजाँदै गर्दा सडकबाट अनियन्त्रित भइ बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० खेइरामा ट्रयाक्टर दुर्घटना भएको बझाङ प्रहरीले जानकारी दिएको छ।  

बझाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार ट्याक्टर चालक फरार रहेका छन् भने सहचालक साउदको घटनास्थलमै ज्यान गएको हो ।  

ट्रयाक्टर चैनपुर–कुचा सडकखण्ड निर्माणमा खटिएको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १८:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया