प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ, पार्टीको संघर्ष अर्कै कुरा हो : सुरेन्द्र पाण्डे

नेकपा एमाले माधवकुमार नेपाल समूहका एकजना नेता सुरेन्द्र पाण्डेले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन्। 

ओलीले विश्वासको मत लिने भएपछि वरिष्ठ नेता नेपाल विपक्षी दलहरूसँग गठबन्धनमा लागिरहेका बेला पाण्डेले बुधबार यस्तो बताएका हुन्। 'हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। अरु के भन्छन् तर हामी सबैले विश्वासको मत हाल्छौँ', उनले भने, 'वैशाख २७ अघि हामी सामूहिक राजीनामा दिँदैनौँ। विश्वासको मत दिन्छौँ भनेपछि हामीले राजीनामा दिने कुरा हुँदै भएन।'

उनले नेपाल पक्षमा रहेका सबै सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए। 'हामी सबैले विश्वासको मत हाल्छौँ। तर फागुन २८ को निर्णयलाई लिएर हामी अहिले पनि अडानमै छौँ। अन्तरसंघर्ष पार्टीमा जारी छ', उनले भने, 'सबै नेताको राजनीतिमा आफ्नो आफ्नो किसिमको भूमिका र योगदान छ। त्यस हिसाबमा पार्टीमा भएका मतभेद र संघर्षलाई अघि बढाइरहनेछौँ।' 

यसअघि नेता पाण्डेले बीबीसी नेपाली सेवासँगको कुराकानीमा माधव नेपाल पक्षका सबै सांसदले विश्वासको मत दिने बताएका थिए। उनले एमाले एक ढिक्का भएर सरकारको पक्षमा उभिने दाबी गरेका थिए।

उनले आफूहरूबीच संघर्ष भए पनि नफुटिसकेको बताए। 'हामी त अहिले एमाले नै छौँ नि!', बिबिसी नेपाली सेवासँग उनले भनेका थिए, 'हामी फुटेका छैनौँ नि अहिले पनि एकै पार्टीमा छौँ।'





  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १९:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया