भीम रावल भन्छन्, 'घृणित राजनीतिले देश संकटग्रस्त भयो'

सत्तारुढ नेकपा एमालेका निलम्बित उपाध्यक्ष डा. भीम रावलले अनैतिक र गैरजिम्मेवार चरित्र तथा घृणित राजनीतिले देश संकटग्रस्त भएको बताएका छन् । रावलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टिप्पणी गर्दै आफ्ना पार्टीका नेतासँग वार्ता र छलफल नगरी कारबाहीको बाटो रोजेर विपक्षीसँग विनय गर्नु अनैतिक र गैर जिम्मेवार चरित्र भएको बताए । 

प्रधानमन्त्री ओलीले आफ्नो दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोधेको भन्दै नेता रावलले आफ्ना नेतालाई कारबाही गर्ने कुनै छलफल–परामर्श नगर्ने बाटोमा ओली हिँडेको आरोप लगाए । 

आफ्नालाई पन्छाएर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको नेता रावलले बताएका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका नेतालाई कारबाही गरेर कांग्रेससँग सत्ता जोगाउन विनय गरेको भन्दै रावलले लेखेका छन्, 'यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।'





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ११:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया