प्रतिनिधिसभामा कोरोना संक्रमित हुने सांसदको संख्या १० पुग्यो
बिहीबार थप चार सांसदसहित ६ जनामा पुष्टि

प्रतिनिधिसभाका थप ४ जना सांसद र दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको सामूहिक पिसिआर परीक्षणबाट चार सांसद र २ कर्मचारीसहित ६ जनालाई कोरोना संक्रमण देखिएको हो।

संघीय संसद सचिवालयका अनुसार बिहीबार कोरोना संक्रमित पुष्टि भएकाहरुमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।

त्यसैगरी अन्य दुई कर्मचारीलाई पनि बिहीबारै कोरोना पुष्टि भएको छ। उता सभामुख अग्निप्रसाद सापकोटासहित सचिवालयका कसैलाई पनि कोरोना देखिएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने भएपछि संसद सचिवालयले सबै सांसद र कर्मचारीको पिसिआर परीक्षण गराएको हो। 

यसअघि सत्तारुढ नेकपा एमालेका ६ जना प्रतिनिधिसभा सांसदलाई कोरोना पुष्टि भएको थियो। एमालेमा झलनाथ खनाल, भानुभक्त ढकाल, जुली महतो, रघुवीर महासेठ,  विमला विक र सरिता न्यौपानेलाई कोरोना पुष्टि भइसकेको छ। 
 





  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १३:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया