नेपालगन्जमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–८ का ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको प्रहरीले बताएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।